Techie IT
बिहीबार, माघ ३,२०८१

गोरखा प्रदेशसभाका १७ जनाको धरौटी जफत


गोरखा । गोरखाका चार वटै प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका १७ उम्मेदवारको धरौटी जफत भएको छ। सदर मतको १० प्रतिशत मत नल्याउन विजयी र निकटत्तम प्रतिद्वन्द्वीबाहेक सबैको धरौटी जफत भएको हो ।

जिल्ला निर्वाचन कार्यालय सूचना अधिकारी रविलाल सुवेदीका अनुसार प्रदेशसभातर्फ गोरखा क्षेत्र नं १ को प्रदेशसभा १ र २ मा ७÷७ जनाले उम्मेदवारी दर्ता गरेका थिए । गोरखा १ को प्रदेश १ बाट उम्मेदवार बनेका मंगोल नेशनल अर्गनाइजेशनका गंगाबहादुर राना, राप्रपाका सुदीप ढकाल, राप्रपा नेपालका हरिराम अर्याल, पिपल्स पार्टीका विष्णुबहादुर कुँवर र स्वतन्त्र उम्मेदवार रामशरण आचार्यको धरौटी जफत भएको छ ।

त्यस्तै, गोरखा १ को प्रदेशसभा २ मा नेपाली काँग्रेस, नेकपा एमाले र एक जना स्वतन्त्र बाहेकका ४ जना उम्मेदवारको धरौटी रकम जफत भएको छ । गोरखा १ को २ बाट उम्मेदवार बनेका राप्रपाका सोमनाथ अधिकारी, राप्रपा नेपालकी सरिता देवकोटा, मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर लामा र पिपल्स पार्टीका रामचन्द्र कुमालको धरौटी जफत भएको कार्यालयले जनाएको छ ।

त्यस्तै गोरखा २ को १ का उम्मेद्वार राप्रपाका राजेन्द्र शाह, राप्रपा नेपालका सुवोध बस्नेत, मंगोल नेशनल अर्गनाइजेशनका दिपिका गुरुङ बराम, हाम्रो नेपालका सरोज गिरी र स्वतन्त्र उम्मेदवार बिलबहादुर तामाङको धरौटी पनि जफत भएको छ ।
गोरखा २ को प्रदेशसभा २ का राप्रपाका ठाकुर लामिछाने, राप्रपा नेपालका सफिदिन मियाँ, मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर घले र स्वतन्त्र उम्मेद्वार हरि पोखरेलको धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

चार वटै प्रदेशसभा रहेको गोरखामा २७ जनाको उम्मदेवारी दर्ता गराएका मध्ये १७ जना उम्मेदवारको धरौटी जफत भएको हो । प्रदेशसभामा प्रत्यक्षतर्फको उम्मेदवारले ५ हजार रुपैयाँ उम्मेदवारी दर्ता गर्दा धरौटी राख्नुपर्ने व्यवस्था छरु। ती उम्मेदवारले सम्बन्धित क्षेत्रमा सदर भएकामध्ये १० प्रतिशत मत पाएमा धरौटी फिर्ता हुने निर्वाचन कानुनमा व्यवस्था छ ।

प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा गोरखा क्षेत्र नं १ को १ मा कुल ३० हजार चार सय ९४ मत खसेकोमा ती मध्य २९ हजार चार सय ४४ मत सदर भए भने एक हजार ५० मत बदर भएका छन् । सदर मतको १० प्रतिशत हुनका लागि २९ सय ४५ मत ल्याउनुपर्छ । त्यस्तै, क्षेत्र नं १ को २ मा कुल २९ हजार ६ सय ४९ मत खसेकोमा २८ हजार ४ सय ८७ मत सदर भएको थियो । सदर मतको १० प्रतिशत हुनका लागि २८ सय ४९ मत ल्याउनुपथ्र्यो ।

गोरखा क्षेत्र नं २ को १ मा कुल २६ हजार ४ सय ९८ मत खसेकोमा २५ हजार २ सय ५ मत सदर भएको छन् । सदर मतको १० प्रतिशत हुनका लागि २५ सय २९ मत ल्याउनुपथ्र्यो । गोरखा क्षेत्र नं २ को २ मा कुल खसेको २४ हजार एक सय ४३ मध्य २३ हजार एक सय मत सदर भएको थियो । सदर मतको १० प्रतिशत हुनका लागि २३ सय १० मत ल्याउनुपथ्र्यो ।
१० प्रतिशत मत प्राप्त नगरेका उम्मेदवारले जम्मा गरेको रकम तीन महिना कटेपछि राजस्व खातामा जम्मा हुन्छ ।दरौँदी दैनिक


क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
16°
Haze
6:54 am5:32 pm +0545