Techie IT
शनिबार, वैशाख ६,२०८२

लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ पनि एमाले पहिलो दल


रुपन्देही ।मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनमा प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशसभामा पहिलो रहेको नेकपा एमाले प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ पनि धेरै मत पाएर पहिलो दल बनेको छ ।

३२ दलले प्रदेशसभा निर्वाचनमा भाग लिएका थिए । जसमा एमालेले ५ लाख ७० हजार ९२१ मत पाएको छ । त्यसैगरी १८ लाख ८७ हजार ७८ मत सदर भएकोमा नेपाली काँग्रेसले ४ लाख ९९ हजार ९सय ८६ मत पाएर दोस्रो बनेको छ ।

काङ्ग्रेसभन्दा एमालेले ७० हजार ९ सय ३५ मत बढी पाएको छ ।

त्यस्तै, माओवादी केन्द्रले १ लाख ९८ हजार ४ सय ५० मत पाएर तेस्रो दल भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख २७ हजार ४५२ मत पाएर चौथो दल बन्दा नागरिक उन्मुक्ति पार्टी १ लाख २५ हजार ५५१ मत सहित पाँचौँ ठूलो दल बनेको छ ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार डा. सिके राउत नेतृत्वको जनमत पार्टीले ८१ हजार ६०५ मत पाएर छैटौँ दल बन्दा जनता समाजवादी पार्टीले ६० हजार ८८६ मत पाएको छ ।

नेकपा एकीकृत समाजवादीले ४२ हजार ६२१ मत, लोकतान्त्रिक समाजवादी पार्टीले ३७ हजार ६३१ मत,राष्ट्रिय जनमोर्चाले ३२ हजार ६४७ मत पाएका छन् ।

२०७४ को निर्वाचनमा एक सिट पाएको राष्ट्रिय जनमोर्चा र एमाले विभाजनपछि एक जना प्रदेश सांसदले पार्टी रोजेको नेकपा एकीकृत समाजवादीले प्रदेशमा सिट पाउने नपाउने यकिन भइसकेको छैन ।

यस्तै, हाम्रो नेपाली पार्टीले २७ हजार ७०४,राष्ट्रिय जनमुक्ति पार्टीले १७ हजार ८६७, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले १५ हजार १०९, मंगोल नेशनल अर्गनाइजेसनले ११ हजार ८६७, नेकपा मालेले ६ हजार ४४५, नेपाल जनता पार्टीले ५ हजार २२२, वहुजन शक्ति पार्टीले ४हजार ४६, राप्रपा नेपालले ३ हजार ३४९,नेपाल सुशासन पार्टीले २ हजार ७९१, नेपाल संघीय समाजवादी पार्टीले १ हजार ९१२ मत पाएका निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, नेपाल मजदुर किसान पार्टीले १ हजार ६५९, नेपालका लागि नेपाली पार्टीले १ हजार ६०७, नेपाली जनता दलले १ हजार ४१९,नेपाली कांग्रेस बिपीले १ हजार २८८, जन समाजवादी पार्टीले १ हजार २१४,नेपाल लोकतान्त्रिक पार्टीले १ हजार २०७,नेपाल दलित पार्टीले १ हजार १४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ९७३, मौलिक जरोकिलो पार्टीले ९२८, विवेकशील साझा पार्टीले ७९१, नेकपा माओवादी समाजवादीले ४८९ र नेश्नलिस्ट पिपुल्स पार्टीले ४५७ मत पाएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेशको प्रत्यक्षतर्फ पनि १८ सिट जितेर नेकपा एमाले नै पहिलो बनेको थियो । काँग्रेसले १७, माओवादी केन्द्रले ५, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले २–२ सिट, जनमत पार्टीले एक सिट र माओवादीका बागी (स्वतन्त्र) उम्मेदवारले तीन सिट जितेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #hot, #लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ पनि एमाले पहिलो दल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545