Techie IT
आईतबार, वैशाख ७,२०८२

समानुपातिकमा एमालेलाई २७ लाख २२ हजार मत


काठमाडौं । प्रतिनिधिसभा समानुपातिकमा नेकपा एमालेले २७ लाख २२ हजार ८३३ मत पाएको छ ।

बिहीवार बिहानसम्म १ करोड १ लाख ७५ हजार ८९५ मतगणना हुँदा नेपाली कांग्रेसले २५ लाख ८६ हजार ६८० मत पाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार ५१६ मत पाएको छ ।

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार ७९० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार ४०६ मत, जनता समाजवादी पार्टीले ४ लाख ८ हजार ९६४ मत र जनमत पार्टीले ३ लाख ७६ हजार २११ मत पाएका छन् ।

नेकपा एकीकृत समाजवादीले समानुपातिकमा ३ लाख मत पुर्‍याउन सकेको छैन । एकीकृत समाजवादीले हालसम्म २ लाख ९० हजार १९९ मत पाएको छ ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ४३९ मत पाएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४९ हजार ८३२ मत पाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #समानुपातिकमा एमालेलाई २७ लाख २२ हजार मत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545