Techie IT
शनिबार, वैशाख ६,२०८२

कांग्रेसकै नेतृत्वमा सरकार बन्छ : डा. शेखर कोइराला


काठमाडौँ । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । विराटनगरमा बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् । तर संसदीय दलको नेता को बन्छ भन्ने विषयमा भने उनी खुलेर बोलेनन् ।

उनले संसदीय दलका सभापति शेरबहादुर देउवा टिमको बर्चस्व भएपनि संसदीय निर्वाचनमा आफ्नो टिमले प्रयास भने गर्ने बताए । उनले भने, ‘हामी कसरी जाने म शेरबहादुरजीसँग पनि कुरा गर्छु, पार्टीको सभापतिसँग कुरा नगरी जिम्मेवार व्यक्तिले अगाडि बढ्न पनि हुँदैन जस्तो लाग्छ, अन्य साथीहरुसँग पनि कुरा गर्छौं ।


क्याटेगोरी : समाचार
ट्याग : #शेखर कोइराला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545