Techie IT
शुक्रबार, चैत्र २८,२०८१

दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न


काठमाडौँ I दोलखाका १०  मतदान केन्द्रमा  मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरु भएको मतदानमा अहिलेसम्म ३५ प्रतिशत मतदान सम्पन्न भएको छ । शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र मतदाता उत्साहित देखिएकोसमेत उहाँले जानकारी दिनुभयो । उक्त मतदान केन्द्रमा चार  स्थलमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् ।

आयोगको यही ११ मङ्सिर बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थ पोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात  मतदान केन्द्रमा आज मतदान गर्ने निर्णय गरेको थियो ।  वैत्यश्वर वडा नं ३ को काली ढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्रमा मतदान भइरहेको छ ।

निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने यही मङ्सिर ११ गते निर्णय गरेको थियो । ती मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।  रासस


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न, #निर्वाचन, #मतदान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:41 am6:27 pm +0545