गगनलाई प्रधानमन्त्री बनाउन विश्वप्रकाशको साथ,सभापति देउवालाई रोक्लान त ?

काठमाडौं । वर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने तयारी गरिरहँदा कांग्रेसका दुई महामन्त्री नै देउवाविरुद्व उभिने भएका छन् ।
कांग्रेस महामन्त्री गगन थापा यो पटक प्रधानमन्त्री बन्ने दौडमा रहेका बेलामा अर्का महामन्त्री विश्वप्रकाश शर्माले उनलाई भरपुर साथ दिइरहेका छन् । शर्माले यसअघिनै सार्वजनिक रुपमै थापालाई प्रधानमन्त्रीमा आफूले समर्थन गर्ने बताउँदै आएका छन् ।
यसैबीच मंगलबार साँझ महामन्त्री शर्मा अर्का महामन्त्री थापाको घरमै पुगेका छन् । भेटमा दुई महामन्त्रीले एक अर्कालाई जितको शुभकामना पनि दिएका छन् ।
सामाजिक सञ्जालमा गगनसँगको फोटो पोष्ट गर्दै शर्माले अबको नेतृत्व युवाले गर्नुपर्छ भन्ने भाव बोकेको क्याप्सन लेखेका छन् । अग्रजहरुको विश्वास जितेर संयम भएर देशको नेतृत्व सम्हाल्नुपर्ने शर्माले लेखेका छन् ।
पछिल्लो समय पार्टीमा दुई महामन्त्री मिलेर एकलौटी गर्न खोजेको आरोप पनि पार्टीकै कतिपय नेताहरुले लगाइरहेका छन् । पार्टीका वरिष्ठ नेताहरुलाई बाइकट गर्दै प्रधानमन्त्री एक जना बन्ने र अर्का महामन्त्री पार्टी अध्यक्ष बन्ने खेलमा लागेको अधिकांशले आशंका गरिरहेका छन् ।
अहिले दुई महामन्त्री पार्टीभित्रकै नवनिर्वाचित सांसदहरुलाई फकाउन व्यस्त छन् । दुई महामन्त्री संसदीय दलको चुनावमा देउवालाई हराएर नेतृत्व हातमा लिने दौडमा लागिरहँदा कति सफल रहलान् त्यो त भावी दिनमा नै थाहा हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #गगन थापा, #विश्वप्रकाश शर्मा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्