बागलुङका एसपी ज्ञवालीको एक्सन : नक्कली प्रशासकीय अधिकृत पक्राउ

बागलुङ । निजामती कर्मचारीको पोशाकमा सजिएर ठगी गर्ने गोर्खाका एक व्यक्ति लाई बागलुङ प्रहरीले (आइतबार) पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोर्खाको शहिद लखन गाउँपालिका ४ का ३१ बर्षीया आकाश चन्द्र परियार रहेका छन् ।
परियारले जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमा बसेर आफूलाई प्रशासकीय अधिकृत रहेको बताउँदै ठगी गरिरहेका थिए । सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटी गएको प्रहरीको विशेष टोलीले उनलाई दिउँसोको तीन बजेर ४५ मिनेटमा बागलुङ नगरपालिका–३ गुठी स्थित प्रशासन कार्यालय परिसरबाट तत्कालै पक्राउ गरी अनुसन्धान गरिरहेको बागलुङका प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए ।
उनको साथबाट प्रहरीले निजामती कर्मचारीको पोशाकसहित विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्रसहित आकाश चन्द्र परियार लेखिएको प्रशासकीय अधिकृतको रबर छाप समेत बरामद गरेको छ । त्यस्तै, उनी बसेको होटलको कोठामा गई खानतलासी गर्दा विभिन्न सरकारी कार्यालयका छाप, दस्तखत भएका पत्रहरु विभिन्न कार्यालयका छापहरु (स्ट्याम्प), ल्यापटप, पेनड्राईभ र ६३ हजार रुपैयाँ नगद समेत फेला पारेको उपरीक्षक ज्ञवाली बताउँछन् ।
आइतबार पक्राउ परेका उनीविरुद्ध सोमबार थप अनुसन्धानका लागी प्रहरीले सम्मानित बागलुङ जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतको आदेश अनुसार ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्