राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन जिल्ला पार्टी कार्यालयमा आगलागी

काठमाडौं। रवि लामिछाने अध्यक्ष रहेका राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनस्थित जिल्ला पार्टी कार्यालयमा आगलागी भएको छ ।
भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा शुक्रबार राति आगलागी भएको हो । आगलागीबाट कार्यालयभित्र रहेको कुर्सी, झण्डा लगायतका सामग्रीहरु जलेका छन् ।
कार्यालयको ढोका बाहिरबाटै लगाइएको अवस्थामा भित्र आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।
व्यक्तिले आगलागी गरेको नभई विद्युत सर्ट लगायत भित्री कारणबाट नै आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । थप अनुसन्धान भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रवि लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्