Techie IT
बिहीबार, माघ ३,२०८१

कुखुरा पालेरै मासिक २ लाख आम्दानी


ऋषि खनाल (रितिक) गोरखा । गोरखाको भिमसेनथापा गाँउपालिका-५ बगुवाका युवा व्यवसायी रञ्जन पोखरेलले कुखुरा पालनबाट मासिक २ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।

युवा व्यवसायी रञ्जनले फर्म सञ्चालन गर्दै कुखुराको मासु उत्पादन गरिरहेका छन् । उनले पोखरेल कृषि फर्म प्रालि नामक फर्म दर्ता गरेर कुखुरा र माछापालन गरिरहेका छन् ।

नेपालमा जीवन गुजारा गर्न समस्य परेपछि विदेशसमेत भासिए रञ्जन, २०६९ सालमा बैदेशिक रोजगारीको सिलसिलामा कतार गएर २ वर्षसम्म बस्दा केही गर्न नसकेपछि गाउँमै फर्केर २ लाख लगानीमा ब्रोइलर पाल्न थालेको उनको भनाइ छ ।‘

‘अहिले सबै खर्च कटाएर मासिक २ लाख रुपैयाँसम्म आम्दानी गर्न थालेको छु । विदेश जाँदा लागेको ऋण तिर्न र घर खर्च चलाउन पुगेको छ ,उनले भने । गाउँमा उनले जस्तौ अरु युवाले पनि ब्रोइलर पाल्न थालेका छन् । थोरै लगानीमा पनि मनग्ये आम्दानी लिन सकिने भएको कारण किसान कुखुरा पालनतर्फ आर्षित भएका हुन् ।

लाखौं रुपैयाँ खर्चेर विदेश जाने युवाले भने जस्तो पैसा कमाउन नसके पछि स्वदेशमै लगानी गर्दा मनग्य आम्दानी लिन सकिने भएपछि कुखुरा पालन व्यवसाय सुरु गरेको रञ्जन पोखरेलले बताए ।

पोखरेलले हलसम्म २५ लाख रुपैयाँ लगानी गरेर तीनवटा आधुनिक खोर निर्माण गरेका छन् । अहिले १५ सय खुकुरा पालन गरेका छन् । उनका अनुसार ५० प्रतिशत स्थानीय बजारमा खपत हुन्छ भने ५० प्रतिशत बाहिरको बजारमा खपत गर्दै आइरहेका छन् । उनले यो बीचमा कुखुरासम्बन्धी प्राविधिक ज्ञानसमेत लिएका छन् ।
उनले २०७९ माघ महिनाभित्रै ४ हजार कुखुरा पु¥याउने लक्ष्य लिएको बताए । त्यसका लागि संरचनासमेत निर्माण गरिरहेको बताए । यहाँ उत्पादन हुने मल विशेषगरी भिमसेनथापा गाँउपालिका क्षेत्रमा बढी माग हुने गरेको पोखरेल बताउँछन् ।

कुखुरा पालन सँगसँगै व्यवसायी पोखरेलले माछा पालनको पनि सुरुवात गरेका छन् । माछा पालनको लागी ३ वटा आधुनिक पोखरी निर्माण गरेर ५ सय माछा पालन गरेको पोखरेल बताउँछन् ।

‘केही समय अघि मात्र कुखुरा बेचे, राम्रो आम्दानी भयो’, उनले भने । उनले पछिल्लो समय उचित मूल्य र बजारको सुनिश्चितता भएमा व्यवसायमा लगानी बढाउने सोच सुनाए । उनलाई व्यवसायमा उनको भाई रबि पोखरेलले सघाउँछन् ।

आम्दानी राम्रो भइरहेको उनले बताए । ‘अहिलेसम्म आम्दानी ठिकै छ’ उनले भने,‘कुखुरा रोगले नमरे वार्षिक २० लाखसम्म बचत हुने गरेको छ ।’ गोरखा जिल्लालाई कुखुराको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ काम गरिरहेको पोखरेलले बताए ।

अर्काको जागिर खाएर नोकर बन्नुभन्दा आफ्नै व्यवसाय सञ्चालन गरेर मालिक बन्नुमा उनलाई गर्भ लाग्छ । अर्काको देशमा रगत र पसिना बगाउनुभन्दा आफ्नै देशमा सानो लगानीमा व्यवसाय सञ्चालन गर्न सकिने भएकाले आफ्नै देशमा व्यवसाय गर्न उनले आग्रह पनि गरे ।

पढेर जागिर नै गर्नुपर्छ भन्ने आम नेपालीको सोचाइ छ, त्यस्तो सोचाइलाई परिवर्तन गर्न जरुर रहेको उनी बताउँछन् । उनले घरमा बसीबसी व्यवसाय गरेको देख्दा आफन्त, छिमेकीले पनि कुखुरा पालन सुरु गरेका छन् । धेरै किसान अहिले कुखुरा पालन व्यवसायमा रमाइ रहेका छन् । ‘बोइलर कुखुराको पनि उत्तिकै माग छ’, उनले भने, ‘उत्पादन गर्न सके बजारको कुनै समस्या छैन ।’

तर लगानी सुरक्षाको लागि सही मूल्य, बजार व्यवस्थापनसहित सरकारी निकायबाट अनुदान र प्राविधिक सहयोग पाउनुपर्ने उनको माग छ ।

कामको खोजीमा विदेशिन विवश भई रहेका युवाहरूका लागि व्यवस्थित व्यावसायिक बंगुर पालन, बाख्रा पालन, राँगा पालन, कुखुरा पालनका लागि सरकारले सहयोग गर्नु पर्ने उनको माग छ ।

गोरखा जिल्लामा हालसम्म झण्डै आठ सय व्यवसायीले कुखुरा फार्म सञ्चालन गरेको कुखुरा पालक कृषक संघ गोरखाले जनाएको छ ।
गोरखामा एक महिनामा कम्तीमा पनि एक लाख २० हजार किलो कुखुराको मासु उत्पादन हुने गरेको छ ।

 

 


क्याटेगोरी : वातावरण-कृषि, समाचार
ट्याग : ##गोरखा, #hot, #कुखुरा पालनबाट मासिक २ लाख रुपैयाँसम्म आम्दानी, #भिमसेनथापा गाउँपालिका, #रञ्जन पोखरेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
16°
Haze
6:54 am5:32 pm +0545