प्रतिनिधि सभातर्फको समानुपातिकमा एमालेले कटायो २३ लाख ६ हजार मत, कुन दलले कति मत पाए ?

काठमाडौं । जारी मतगणनामा प्रतिनिधि सभातर्फ नेकपा एमालेले २३ लाख ६ हजार मत कटाएको छ ।
पछिल्लो मतपरिणामअनुसार एमालेले २३ लाख ६ हजार ८ सय ३३ मत पाउँदै आफूलाई शिर्ष स्थानमा कायमै राखिरहेको छ । यस्तै, दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले २२ लाख १० हजार २ सय ९ मत पाएको छ ।
तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ । माओवादी केन्द्रले हालसम्म ९ लाख ६८ हजार ५ सय ९३ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहेको छ । रास्वपाले हालसम्म ९ लाख २५ हजार ३३ मत पाएको छ ।
निर्वाचन आयोगकाअनुसार पाचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ । राप्रपाले हालसम्म ४ लाख ८७ हजार ४ सय ८४ मत पाएको छ । यस्तै, छैठौँ स्थानमा जनता समाजवादी पार्टी रहेको छ । जसपाले २ लाख ८८ हजार १ सय ६२ मत पाएको छ ।
सातौँ स्थानमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख २२ हजार २ सय ३४ मत पाएको छ । यस्तै, आठौँ स्थानमा रहेको जनमत पार्टीले २ लाख २२ हजार २ सय २५ मत पाएको छ ।
नवौँमा नागरिक उन्मुक्ति पार्टी रहेको छ । यसले हालसम्म १ लाख ९९ हजार ७९ मत पाएको छ । दशौँ स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रहेको छ ।
लोसपाले हालसम्म १ लाख २० हजार ७१ मत पाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #समानुपातिकमा एमालेले कटायो २३ लाख ६ हजार मत
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्