विश्वकप फुटबल: पोल्याण्डले साउदीलाई २-० ले हरायो

काठमाडौं । रोबर्ट लेवान्डोस्कीले विश्वकप फुटबलमा डेब्यु गर्दा पोल्याण्ड कतारमा भइरहेको फिफा विश्वकपमा शनिवार साउदी अरेबियालाई २-० ले पराजित गरेको छ ।
एजुकेसन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डलाई जिताउन लेवान्डोस्कीसँगै पिटर जेलिन्सकीले पनि गोल गरे । जेलिन्स्कीले ३९ औं मिनेटमा लेवान्डोस्कीको पासमा गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका थिए ।
८२ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै विश्वकपमा गोलको खाता खोले । पहिलो खेलमा उपाधि दाबेदार अर्जेन्टिनालाई २-१ ले पराजित गर्दै शनसनी मच्चाएको साउदीले भने पोल्याण्ड विरुद्ध पेनाल्टीमा पनि गोल गर्न सकेन ।
एक गोलले पछि परेको अवस्थामा साउदीले बराबरी गर्ने अवसर पाएको थियो । तर अर्जेन्टिना विरुद्ध गोल गरेका सालेम हल दावसरी पेनाल्टीमा चुके । उनको प्रहार पोल्याण्डका वेस्जी सेज्नेले बचाएका थिए ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा साउदीले पोल्याण्ड भन्दा बढी बल पोसेसन राखेको थियो । गोलका लागि पनि साउदीले नै धेरै अवसर बनाएको थियो । तर फिनिसिङ गर्न सकेन ।
पहिलो खेलमा मेक्सिको विरुद्ध गोलरहित बराबरी खेलेको पोल्याण्डले पहिलो जितपछि अन्तिम १६ मा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । पोल्याण्ड दुई खेलबाट ४ अंक जोड्दै समूह सी को शीर्ष स्थानमा छ ।
साउदी ३ अंकसहित दोस्रो स्थानमा छ । पोल्याण्डले अब अन्तिम खेल अर्जेन्टिनासँग र साउदीले मेक्सिकोसँग खेल्नेछ । आजै मध्यरातl अर्जेन्टिनाले गर या मरको खेलमा मेक्सिकोसँग प्रतिस्पर्धा गर्दैछ
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पोल्याण्डले साउदीलाई २-० ले हरायो, #विश्वकप फुटबल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्