गोरखा २ को समानुपातिकतर्फ तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी

गोरखा क्षेत्र नं २ को प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक मत सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयद्वारा गोरखा २ को प्रतिनिधिसभा र प्रदेशसभातर्फको मत सार्वजनिक गरिएको हो ।
गोरखामा २ मा प्रतिनिधिसभातर्फ कुल एक लाख पाँचहजार दुई सय ४० मतदाता रहेकोमा जम्मा ५४ हजार एक सय ७३ मत खसेको थियो । तीमध्य पनि ५१ हजार दुईसय १४ मत सदर भए भने दुई हजार नौ सय ५९ मत बदर भए ।
प्रतिनिधिसभातर्फ खसेको समानुपातिक मतका आधारमा सबै भन्दा धेरै नेकपा माओवादीले १९ हजार मत प्राप्त गरी पहिलो स्थानमा छ । नेपाली काँग्रेसले ११ हजार आठ सय ८२ मत प्राप्त गरी दोस्रो स्थानमा छ भने राष्टिूय स्वतन्त्र पार्टी आठ हजार ९ सय ९९ मत प्राप्त गरी तेस्रो स्थान कायम गर्न सफल भएको छ । यहाँ समानुपातिक मतका आधारमा नेकपा एमाले चौथौ दल बनेको छ । एमालेले ६ हजार एक सय ८५ मत मात्र प्राप्त गरेको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ नै राष्टिूय प्रजातन्त्र पार्टीले एक हजार आठ सय ४६, मंगोल नेशनल अर्गनाइजेशनले एक हजार २०, एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी(माक्सवादी लेनिनवादी) ले तीन सय ७०÷ तीन सय ७० मत ल्याएका छन् ।
हाम्रो नेपाल पार्टीले तीन सय ३, जनमत पार्टीले एक सय ६४, नेपाल आमा पार्टीले एक सय ६४ र जनता समाजवादी पार्टीले एक सय ५९मत ल्याएका छन् । प्रतिनिधिसभातर्फ समानुपातिक कुल ४७ दलमध्ये अन्य दलले एक सयभन्दा कम मत ल्याएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्