नयाँ राजनीतिक शक्ति कारण चुनौति आयो : अध्यक्ष प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष एवं प्रतिनिधि सभा गोरखा २ का निर्वाचित सदस्य पुष्पकमल दाहालले देशभर गठबन्धनले अपेक्षा गरे अनुसार निर्वाचनको परिणाम नआएको बताएका छन् ।
शुक्रवार गोरखा सदरमुकाममा आयोजित धन्यवाद सभामा बोल्दै उनले भने ‘जस्तो परिणाम अपेक्षा गरेका थियौँ देशभरी अलि भएन भन्ने हो ।’ गोरखामा गठबन्धनका उम्मेदवार सबै बिजयी भएपनि अपेक्षा अनुसार मत परिणाम भने यहाँ पनि नदेखिएको उनले बताए ।
‘अब गठबन्धन दल र राजनीतिक दलहरुले केही गृहकार्य गर्नुपर्ने जरुरी छ’ उनले भने ‘तत्काल (आज)शुक्रवार नै गठबन्धनको बैठक बस्नुपर्ने छ, मेरो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिन केहीदिनपछि फेरी आउनेछु ।’
नयाँ उदय भएका राजनीतिक दलहरुप्रति लक्षित गर्दै अध्यक्ष दाहालले राजनीतिक ऐजेण्डा, सिद्धान्त, मुल्यमान्यताको अबमुल्यन हुने खतार बढेको बताए । ‘हामीले उनीहरुलाई गाली या आलोचना गर्ने भन्दापनि एकचोटी राजनीतिक नेतृत्वमा आत्मसमिक्षा गर्नुपर्ने अवस्थाको रुपमा मैले लिएको छु’ उनले भने ‘राजनीतिक नेतृत्वले नै सोच्नुपर्ने बेला आएको छ ।’
गठबन्धन र राजनीतिक दलका अघि अवसर र चुनौती दुबै देखिएको बताउँदै उनले अहिले नै सबै बर्वाद भयो भन्ने केही नभएको बताए । ‘यदी राजनीतिक नेतृत्वले गम्भिर भएर आत्मासमिक्षा गरेर आउनेदिन जनताको लागि समर्पित हुने नीति योजना, कार्यक्रम नबनाउने हो भने देश अफ्ठ्यारोमा पर्न सक्छ ।’ देश भुमरिमा पर्ने स्थिती हो भने त्यो स्विकार्य नुहने बताउँदै अध्यक्ष दाहालले ७५ वर्षदेखि संघर्ष गरेर प्राप्त गरेको लोकतान्त्रीक अधिकार रक्षाका निम्ती आफु लागिपर्ने बताए ।
गाउँगाउँ, नगरमा पुगेको सिंहदरवारको अधिकार उल्ट्याउने चेष्टा कुनैपनि हालतमा सफल हुन नदिने दाहालले घोषणा गरे ।
एउटा आबेगमा र भावादेशमा मानिहरुलाई कहिँ न कहिँ भ्रमित पार्न सक्ने संकेत देखिएको बताउँदै दाहालले भने ‘हाम्रा लागि यो चुनौती हो, जनतालाई सर्वाभौमसत्ता सम्पन्न बनाउन लागिपर्ने दल र नेतालाई चुनौती हो ।’
जनताको बिकासको आकांक्षा, सुशासन, भष्ट्राचार निवारणमा बिज्ञान र प्रविधिको प्रयोग गर्दै कामगर्नुपने उनले बताए । चुनावकाबेला गरेका बाचा पुरा गर्न आफु प्रतिवद्ध रहेको उनले बताए । सडक कालोपत्रे, बूढीगण्डकी आयोजना निर्माण, तिब्बत जोड्ने सडक निर्माण, पालुङटार एरपोर्ट संचालन लगायत विषयलाई दाहालले प्राथमिकता दिएका छन् ।
निर्वाचित प्रमाणपत्र लिन दाहाल गोरखा आएका हुन् । उनीसँगै क्षेत्र नम्बर १ को प्रदेश सभा क मा निर्वाचित फणिन्द्र देवकोटा र ख मा निर्वाचिनत सुरेन्द्रराज पाण्डेलाई निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले प्रमाणपत्र प्रदान गरेका थिए ।
गोरखा प्रतिनिधि सभा १ मा निर्वाचित राजेन्द्र बजगाई, प्रदेश सभा क मा निर्वाचित कृष्ण धिताल र ख मा निर्वाचित नन्दप्रसाद न्यौपानेलेपनि बिहिवार मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माबाट निर्वाचित भएको प्रमाण पत्र लिईसकेका छन् । दरौँदी दैनिक
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #पुष्पकमल दाहाल
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्