Techie IT
आईतबार, वैशाख ७,२०८२

त्रिपुरासुन्दरी भगवतीमाईको जात्रा शनिबारबाट सुरु


धादिङ । पहाडी क्षेत्रको ठुलो मेला अर्थात माइस्थान जात्राको नामले परिचित त्रिपुरासुन्दरी भगवतीमाईको जात्रा शनिबारबाट सुरु भएको छ ।

आइतबार विहान भगवती माईलाई माइत झारेसँगै जात्रा सकिने गर्दछ । धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी माइको जात्रा जात्रा हरेक बर्षको मङ्सिर महिनामा उत्तम तिथि हेरेर भब्य रुपमा लाग्ने गर्दछ ।

खाली खुट्टा भगवतीलाई पिठ्युँमा बोकेर झण्डै ३ घण्टाको ओह्रालो तथा अप्ठेरोबाटो हुँदै भगवतीलाई बेसीको मन्दिर ल्याइने परम्परा छ । जसलाई स्थानीयको भाषामा माइत ल्याइएको भनिन्छ ।

देवी कस्ती छन् अहिलेसम्म न कसैले देखेका छन् न फोटो नै देखेका छन् । एक वर्षभित्र विभिन्न ३ ओटा मन्दिरमा लगेर राख्ने र त्यही पुजाआजा गर्ने अनौठो र रोचक परम्परा छ । सोही परम्परा अनुसार सल्यानकोटमा रहेको २ वटा मन्दिर मध्ये घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पुजाआजा गरिन्छ । जुन मामाघरको रुपमा प्रसिद्ध छ ।

नेपालको जात्राहरु मध्य अनौठो परम्परा बोकेको यो जात्रालाई भव्य बनाउन त्रिपूरा सुन्दरी गाउँपालिकाले आइतबार सार्वजनिक विदा दिने भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #त्रिपुरासुन्दरी, #त्रिपुरासुन्दरी भगवतीमाई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545