सञ्चारमाध्यमलाई कारबाही गर्ने माओवादी केन्द्र दोलखाको धम्की

दोलखा र काठमाडौंबाट सञ्चालित अनलाइन सञ्चारमाध्यमले आफ्नाविरुद्ध आधारहीन समाचार लेखेको आरोप लगाउँदै माओवादी केन्द्रले कारबाहीको धम्की दिएको हो ।
सामाजिक सञ्जाल फेसबुकमार्फत माओवादी केन्द्रले साझावोली, दैनिक नेपाल, दर्पण सञ्चार, कान्तिपथलगायत अनलाइन र त्यसका सम्पादकविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको बताएको छ ।
लगातार लामो समयदेखि एकोहोरो माओवादीविरुद्ध मात्रै समाचारको नाममा जथाभावी आधारहीन कुराहरू लेखेर जनतालाई भ्रमित पारेको दाबी माओवादी केन्द्र दोलखाको छ ।
माओवादी केन्द्रले अनलाइन सञ्चारमाध्यमको नामै किटेर कारबाहीको धम्की दिए पनि मााओवादीजिरुद्ध कुन–कुन समाचार आधारहीन थिए भन्ने विषय प्रष्ट पारेको छैन । चित्त नबुझेको समाचारको विषयमा आमसञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिलमा उजुरी गर्न सकिने कानुनी व्यवस्था छ ।
तर, माओवादी केन्द्रले भने अनलाइन र त्यसमा आवद्ध सञ्चारकर्मीलाई सामाजिक सञ्जालमा स्टाटस लेखेर धम्की दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #माओवादी केन्द्र, #सञ्चारमाध्यमलाई कारबाही गर्ने माओवादी केन्द्र दोलखाको धम्की
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्