बाराका तीन प्रदेशसभामा एमाले विजयी

बारा । बारा १ (क) को प्रदेशसभा सदस्यमा त्रिलोकी चौधरी पुनः निर्वाचित भएका छन् । उनी दुई हजार पाँच सय २८ मतको फराकिलो मतान्तरले निर्वाचित भएका हुन् ।
चौधरीले १६ हजार सात सय ९८ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार रमेश दंगालले १४ हजार दुई सय ७० मत प्राप्त गरेका छन् । चौधरी २०७४ को निर्वाचनमा पनि निर्वाचित भएका थिए ।
चौधरीको जितसँगै एमालेले बारामा उम्मेदवारी दिएको चार प्रदेशसभामध्ये तीनमा जित हात पारेको छ । यसअघि बारा ४(क) मा देवनारायण चौधरी, ३(क) मा रवीन्द्रदास श्रेष्ठ निर्वाचित भइसकेका छन् ।
बारा २ (क)मा भने एमाले उम्मेदवार बलवीर चौधरी पराजित भएका छन् । उनले उम्मेदवारी दिएको क्षेत्रमा स्वतन्त्र उम्मेदवार शारदा शंकर कलवार निर्वाचित भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #बारा, #बाराका तीन प्रदेशसभामा एमाले विजयी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्