लागुऔषध गाँजासहित धादिङको गल्छीबाट तीनजना पक्राउ

धादिङ । अवैध लागुऔषध गाँजासहित धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ चिसापानीबाट तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पृथ्वी राजमार्ग हुँदै काठमाण्डौबाट भैरहवा तर्फ जाँदै गरेको ना ५ ख ७३९६ नम्बरको ट्रकलाई चेकजांच गर्दा ट्रकभित्र रहेको जेब्रा झोलामा ६ किलो गाँजा फेला परेको हो ।
ट्रकमा लुकाईछिपाई बोकेको अवैध लागुऔषध गाँजासहित ट्रक चालक रुपनदेही जिल्ला तिलोतमा नगरपालिका वडा नम्बर १ का ३२ वर्षीय तिल बहादुर थारुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिए ।
ट्रकमा गाँजा हालेर मोटरसाइकलमा सवार गर्ने दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकमा गाँजा पठाएर आफू मोटरसाइकलमा हिड्ने धादिङ गल्छी गाउँपालिका -६ का २३ वर्षीय बिमल तामाङ र सोही मोटरसाइकलमा सवार गल्छि गाउँपालिका-५ का २५ वर्षीय सुनिल तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले बिमल र सुनिलले प्रयोग गरेको बा.प्र.०२-०३१ प०६८० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ । ट्रक चालकसहित पक्राउ परेकाहरुको अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिए।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
ट्याग : #पक्राउ, #लागुऔषध गाँजासहित धादिङको गल्छीबाट तीनजना पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्