प्रमाण पत्र बितरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईले जनताको अभिमतको कदर गर्दै निरन्तर सेवामा लाग्ने बताए । साथै उनले निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, कर्मचारी, सुरक्षा टिम, राजनीतिक दल, नागरिक समाज सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य कृष्ण धितालले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिज्ञा गरे । प्रदेश ख का सदस्य नन्दप्रसाद न्यौपानेले जनताको जित भएको बताए । दुबै प्रदेश सभा सदस्यहरुले निर्वाचन शान्तिपूर्ण गराउन सफल भएकोमा सबैलाई धन्यवाद दिए ।
मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले जनताको अपेक्षाअनुसार काम गर्न शुभकामना दिए । साथै उनले निर्वाचन सफल गराउन सहयोग गर्ने राजनीतिक दल, उम्मेदवार सबैलाई धन्यवाद दिए । गोरखा २ को मत गणना बिहिवार सकिएकाले शुक्रवार प्रमाण पत्र बितरण कार्यक्रम राखिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दरौँदी दैनिक
तपाईको कमेन्ट लेख्नुहोस्