घर फर्किए म्यादी प्रहरी

चितवन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी भर्ना गरिएको म्यादी प्रहरीको आज बिदाइ गरिएको छ । चुनाव सकिएसँगै नतिजा पनि आइसकेकोले म्यादी प्रहरीको बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड २०७९ बमोजिम अन्तिम नतिजामा कार्तिक ३० गते उत्तीर्ण भई नियुक्ति भएका म्यादी प्रहरीले १० दिन कार्य अवधिको प्रशिक्षण प्रदान गरी मंसिर ८ गते देखी निर्वाचनको सुरक्षार्थमा खटिएका थिए । ४० दिनको कार्य अवधि समाप्त गरे संगै उनीहरुलाई त्यस दिनसम्मको रासन भत्ता दिएर बिदाई गरिएको प्रहरीले जनाएको छ ।
म्यादी प्रहरीले ४० दिन खटिएबापत आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले तथा रासन, पारिश्रमिक र स्थानीय भत्ता पाउनेछन् । त्यस्तै, निर्वाचनको दिन सात दिनका लागि प्रतिदिन २ सय ५० रुपैयाँका दरले विशेष भत्ता र २ सय ५० रुपैयाँ नै खाजा खर्च समेत पाउनेछन् । म्यादीमा भर्ना भएकाले ४ हजार पोसाक भत्ता पाउनेछन् भने बाटो खर्चस्वरूप १ हजार रुपैयाँ पनि थप भत्ता पाउने छन् ।
उनीहरुलाई आज (बिहिबार) जिल्ला प्रहरी कार्यालय चितवनको प्रांगणमा एक कार्यक्रमका बिच चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले प्रमाणपत्र बितरण गर्दै बिदाइ गरेका थिए । बिदाइ कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक अधिकारीले निर्वाचनलाइ स्वच्छ, शान्त र भयरहित ढंगबाट सम्पन्न गराउन सुरक्षाका हिसाबले खेलेको भुमिकाको प्रशंसा गरेका थिए ।
उनलेे निर्वाचनको समयमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उज्ज्वल भबिष्यको कामनासहित धन्यवाद ज्ञापन समेत गरेका थिए । यो अवधिको सिकाइले सम्पुर्ण म्यादी प्रहरीलाइ उज्जल भबिष्यको लागि सहयोग पुर्याउने उनको भनाइ थियो । यो अवधिमा म्यादी प्रहरीले धेरै कुरा सिकेको भन्दै आफ्नो स्थानमा हुने बिकृती र बिसंगतीका बिरुद्ध हातेमालो गर्नेमा आफू आशावादी रहेको उनले बताए ।
साथै, निर्वाचनका क्रममा उत्कृष्ट कार्य गर्ने १० जना म्यादी प्रहरीलाई समेत प्रशंसा पत्र र नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो । यता, ४० दिन भएपनि देशको सेवा गर्न पाएकोमा आफूहरु धेरै खुशी भएको म्यादी प्रहरी बताउँछन् । गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजना अन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्