लागूऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ

चितवन । पुर्वी चितवनको राप्ती नगरपालिका वडा नंम्बर १ लोथरबाट लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीको चेकिङ टोलीले गएराती साँढे आठ बजेको समयमा लागूऔषध सहित भारत देश बाडा परेउवा वर्डा नंम्बर १ बस्ने २८ बर्षीया राहुल शर्मा र सोही ठाउँ बस्ने २९ बर्षीया अजित कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मकवानपुरबाट चितवनतर्फ आउँदै गरेको ना. ५७. प. २४६४ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाइकलमा सवार साहले झोलामा लुकाईछिपाई ल्याएको अवस्थामा प्रतिबन्धित लागुऔषध डाईजेपाम पाँच सय अड्चालिस एम्पुल, फेनारगन पाँच सय पचास एम्पुल र नोफिन पाँच सय पचास एम्पुल गरी एक हजार छ सय अड्चालिस थान लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको बताए ।
पक्राउ परेकाहरु उपर आज (बिहीबार) सम्मानित चितवन जिल्ला अदालत बाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको समेत प्रहरी उपरीक्षक अधिकारीले बताए । पछिल्लो समय चितवन प्रहरीले जिल्ला भित्रीने प्रमुख राजमार्गहरुमा सवारी चेकजाँचलाई तीव्रता दिएसंगै प्रहरीले लागूऔषध कारोबारी नियन्त्रणमा समेत उल्लेखनीय सफलता पाइरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्