चुनावको परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढ्यो: केपी शर्मा ओली

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मतपरिणामले मुलुक अस्थिरतातर्फ धकेलिने खतरा बढेको बताउनुभएको छ। निर्वाचनले मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने आशा गरिए पनि त्यसो हुन नसकेको उहाँको टिप्पणी छ ।
आज झापाको क्षेत्र नम्बर(५ को निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भएको प्रमाणपत्र लिनुभएपछि संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनको परिणाम सुखद् नभएको बताउनुभयो । मंसिर ४ गते सम्पन्न चुनावमा कसैको बहुमत नआउने भएपछि त्यसले सरकार गठनमा असर पर्ने र देशलाई दुर्घटनातिर लैजाने खतरा बढ्ने ओलीले बताउनुभयो ।
अध्यक्ष ओलीले निर्वाचन परिणामले सुरुवातदेखि नै दल तथा सांसदहरुको मोलमोलाई सुरु हुने दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘निर्वाचनपछि मुलुकमा स्थिर सरकार बन्छ । मुलुकले एउटा दिशा पाउछ भन्ने आशा थियो । तर, त्यसो भएन । अहिलेसम्मको परिणामले कुनै पनि दलको बहुमत नपुग्ने भयो । यसले निर्वाचनपछिको सरकार बनाउनै मुस्किल हुने अवस्था छ । फेरि पनि सुरुदेखि नै दलहरुको मोलतोल र सांसदहरुको भाउ कसेर किनबेच चल्ने भयो ।’
अध्यक्ष ओलीले अब बन्ने सरकारले फेरि पनि मुलुक र जनताको लागि काम गर्न नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब बन्ने सरकारले फेरि पनि जनता र मुलुक विकासको काम गर्न नसक्ने भयो । बहुमतको सरकार नबन्ने भएपछि दलहरु आफ्नो सरकार जोगाउन सांसदको मोलतोल, लेनदेन र भागबन्डामै लाग्दा ठीक्क हुन्छ ।’
उहाँले अब सरकार बनाउन र जोगाउन योग्यताभन्दा पनि टाउका हेरेर मोलतोल गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनु भयो ।
ख्ष्मभय एबिथभच
क्याटेगोरी : समाचार
ट्याग : #hot, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्