Techie IT
आईतबार, वैशाख ७,२०८२

इलाम – २ मा सुवास नेम्वाङको अग्रता, १ मा सुरु हुन सकेन मतणना


इलाम । इलाम क्षेत्र नम्बर १मा रोकिएको मतगणना सुरु हुन सकेको छैन । क्षेत्र नम्बर २ मा भने मतगणना सुरु भएलगत्तै पूर्वसभामुख तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अग्रता कायम राखेका छ ।

नेम्वाङ ८३३ मतको अन्तर सहित अग्रता कायम राखेका हुन् । उनले ११ हजार ६२१ मत पाउँदा निकटतम प्रतिष्पर्धी गठबन्धनतर्फका नेपाली कांग्रेस जिल्ला सभापति समेत रहेका डम्बर खड्काले १० हजार ७८८ मत पाएका छन् ।

क्षेत्र नम्बर २मा हालसम्म दुईवटा गाउँपालिकाको मत गनिसकिएको छ । चुलाचुली गाउँपालिका र माङ्सेबुङ गाउँपालिकाको मत गनेर फाकफोकथुम गाउँपालिकाको मत गनिंदै छ । अब फाकफोकथुमको आधा सहित देउमाई नगरपालिका र इलाम नगरपालिकाको मत गन्न बाँकी छ । यसका प्रदेशतर्फ एमालेकै अग्रता छ ।

बुधबार अपरान्ह चार बजेबाट विवाद भएर मग गणना रोकिएको थियो । सर्वदलीय सहमतीपछि राति १२ बजेबाट पुन मत गणना सुरु भएको थियो ।

तर, इलाम क्षेत्र नं १ मा मंगलबारबाट स्थगित भएको गणना अझै सुरु हुन सकेको छैन । निर्वाचन अधिकृतको कार्यालयले एक सूचना जारी गर्दै मतगणना कार्य सुरु गराउनका लागि १० बजे बैठक बोलाएपनि दलका प्रतिनिधि नआएपछि मतगणना हुन सकिरहेको छैन ।

मतगणनाका क्रममा कर्मचारीहरुबाट लापरवाही भएको भन्दै विवाद भएपछि गणना स्थगित भएको थियो । स्थगित गणना सुचारु गर्ने बारेमा सहमतिका लागि उम्मेदवार र दलका प्रतिनिधिसहितको बैठक बसेपनि सहमति जुट्न सकेन ।

सत्ता गठबन्धनले यसअघि गणना भएको मत पुनः गणना हुनुपर्ने, गणनाका कर्मचारीहरु परिर्वतन गर्नुपर्ने लगायतका माग राखेपनि नेकपा एमालेले नमानेपछि सर्वदलीय बैठक विना निष्कर्ष टुङ्गिएको छलफलमा सहभागिको भनाइ छ ।

इलाम–१ मा २३ हजार ८ सय ६५ मतगणना सकिएको छ । रातिसम्मको गणनामा नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल १ हजार ५ सय ७ मतान्तरले पछि छन् । नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतले १० हजार २ सय ८७ मत ल्याउँदा खनालको ८ हजार ७ सय ८० मत आएको छ ।

क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सुवासचन्द्र नेम्वाङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545