Techie IT
आईतबार, वैशाख ७,२०८२

चितवन-२: बाट रवि लामिछाने विजयी


काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

रविका निकट्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठ रवि भन्दा तेब्बर भन्दा धेरै मतले पछाडि रहे । लामिछाने ३४ हजार १ सय ७० मतान्तर कायम गर्दै विजयी भएका हुन् ।

लामिछानेले ४९ हजार २ सय ६१ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले १५ हजार ९९ मत पाए ।

यस्तै, नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल तेस्रो स्थानमा रहे । उनले १४ हजार ६ सय ४९ मत पाए।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रवि लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545