Techie IT
शनिबार, वैशाख ६,२०८२

अर्घाखाँचीबाट एमाले नेता टोपबहादुर रायमाझी चौथो पटक निर्वाचित


अर्घाखाँची। अर्घाखाँचीबाट प्रतिनिधि सभामा नेकपा (एमाले) का उम्मेदवार टोपबहादुर रायमाझी विजयी हुनुभएको छ । रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँको निकतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान उपसभामुख पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गर्नुभयो । रायमाझीले १७ सय ३० मत अन्तरले विजयी हुनुभयो ।

रायमाझीले २०६४, २०७०, २०७४ र २०७९ गरी ४ पटक विजयी हुनुभएको छ । हाल रायमाझी एमाले केन्द्रीय सचिव रहनुभएको छ पूर्व उपप्रधानमन्त्री भइसक्नुभएका रायमाझीले पटक पटक मन्त्री भइसक्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३ हजार १ सय ९९ मत प्राप्त गर्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोपबहादुर रायमाझी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545