Techie IT
शनिबार, वैशाख ६,२०८२

तनहुँ– १ मा रामचन्द्र पौडेलको अग्रता कायमै


तनहुँ। तनहुँ– १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन हजारभन्दा बढीको अग्रता लिनुभएको छ । आज राति ११ः२० बजेसम्मको मतपरिणामअनुसार उहाँले तीन हजार दुई सय ६९ मतान्तरले अग्रता लिनुभएको हो ।

४३ हजार एक सय १८ मतगणना सकिँदा वरिष्ठ नेता पौडेलले १६ हजार सात सय ९८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रतिस्पर्धी नेकपा (एमाले) का एकबहादुर रानाले १३ हजार पाँच सय २९ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले तीन हजार नौ सय २९ मत प्राप्त गर्नुभएको छ । वरिष्ठ नेता पौडेलले सुरुआतदेखि नै अग्रता लिइरहनुभएको छ ।

तनहुँ–१ प्रदेश (१) तर्फका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अशोककुमार श्रेष्ठले अग्रता लिइरहनुभएको छ । २६ हजार ४७ मतगणना सकिँदा कांग्रेसका श्रेष्ठले १० हजार आठ सय २१ मत प्राप्त गर्नुभएको छ ।

प्रतिस्पर्धी एमालेका रामबहादुर गुरुङले सात हजार नौ सय १३ मत प्राप्त गर्नुभएको छ । तनहुँ– १ प्रदेश २ मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हरिबहादुर चुमान विजयी भइसक्नुभएको छ ।उहाँ १३ हजार दुई सय ७१ मत प्राप्त गरी विजयी हुनुभएको हो । कूल ३० हजार तीन सय ८९ मत खसेकामा प्रतिस्पर्धी गुरुङले १० हजार चार सय ९८ मत प्राप्त गर्नुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##तनहुँ, #रामचन्द्र पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545