समानुपातिकमा एमालेले ३ लाख कटायो, कुन दलले कति पाए ?

काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा (एमाले) ले ३ लाख मत कटाएको छ ।
निर्वाचन आयोगको पछिल्लो नतिजा अनुसार समानुपातिकतर्फ एमाले पहिलो स्थानमा छ । अहिलेसम्म एमालेले ३ लाख १७ हजार ९२२ मतका साथ अग्रता लिएको छ भने कांग्रेस २ लाख ९५ हजार ३४१ मतसहित दोस्रोमा छ ।
तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ५९ हजार ६२० मत पाएको छ भने नेकपा (माओवादी केन्द्र) को एक लाख ४३ हजार ६०० मत छ ।
अहिलेसम्म माओवादीपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले ८३ हजार ६६८ मतसहित पाँचौँ स्थानमा छ भने जनता समाजवादी पार्टी ३० हजार ९०९ मतसहित छैटौँ र नेपाल मजदुर किसान पार्टी २८ हजार ५४५ मतसहित सातौँ स्थानमा छ ।
सिके राउत नेतृत्वको जनमत पार्टी २३ हजार १ मतसहित आठौँ स्थानमा छ । नेकपा एसको अहिलेसम्म १८ हजार ३७५ मतसहित नवौँ स्थानमा छ । १०औ नम्बरमा रहेको नागरिक उन्मुक्ति पार्टीले १४ हजार ८६२ मतसहित प्राप्त गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काँग्रेस, #नेकपा ( माओवादी केन्द्र, #नेकपा एमाले, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्