रुपन्देही-३ मा गृहमन्त्री खाणको अग्रता कायमै

रुपन्देही। रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले आफ्नो अग्रता कायमै राख्नुभएको छ ।
जम्मा ३७ हजार ६ सय ८ मतगणना हुँदा सत्ता गठबन्धनका उम्मेदवार खाणले १५ हजार ८७ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले १४ हजार दुई सय १६ मतका साथ पछ्याइरहनुभएको सहायक निर्वाचन अधिकृत शोभाखर खरेलले जानकारी दिनुभयो ।
प्रदेशसभातर्फ ३ ९१० मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे १२ हजार ७ सय ६७ मतका साथ अग्रता लिनुभएको छ भने जनता समाजवादी पार्टीका महेन्द्र यादवले नौ हजार तीन सय ३१मत प्राप्त गर्नुभए छ । यो क्षेत्रमा अहिलेसम्म दुई हजार तीन सय ७६ बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल एक लाख ३२ हजार सात सय ९१ मतदाता रहेको यस क्षेत्रमा एक सय ४८ मतदान केन्द्रबाट ९२ हजार ९७२ मत खसेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #बालकृष्ण खाँण, #रुपन्देही क्षेत्र नम्बर ३
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्