लमजुङमा अग्रता बढाउँदै पृथ्वीसुब्बा गुरुङ

पहाडी जिल्ला लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङको अग्रता बढ्दै गएको छ । यसअघि ३०८ मतले मात्र अघि रहेकोमा पछिल्लो सार्वजनिक मत परिणामअनुसार एक हजार पाँच सय २० मतले उनी अघि रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख नारायणप्रसाद सापकोटाले बताए ।
कार्यालयका अनुसार आज साँझ साढे सात बजेसम्ममा ६१ हजार एक सय छ मत गणना गर्दा पृथ्वीसुब्बाले २६ हजार दुई सय २८ मत र नेकपा ९माओवादी केन्द्र० का महासचिव देवप्रसाद गुरुङले २४ हजार सात सय आठ मत प्राप्त गरेका छन् । कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदातामध्ये ८० हजार चार सय ८४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । आइतबार दिउँसो पौने तीन बजेदेखि सुरु गरिएको मतगणनामा हालसम्म पृथ्वीसुब्बालाई देवप्रसादले भेटाउन सकेका छैनन् ।
जिल्लामा आठ पालिकामध्ये छ पालिकामा मग गणना सम्पन्न भइसकेको छ । यतिबेला मस्र्याङ्दी गाउँपालिका र बेँसीसहर नगरपालिकाको मत गणना भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पृथ्वीसुब्बा गुरुङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्