Techie IT
आईतबार, वैशाख ७,२०८२

सोलुखुम्बु-१ मा एमालेका वुद्धिकुमार राजभण्डारी प्रदेशसभामा निर्वाचित


सोलुखुम्बु । सोलुखुम्बुको प्रदेश सभा निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका वुद्धिकुमार राजभण्डारी निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार शिव बहादुर बस्नेतलाई हराउँदै राजभण्डारी निर्वाचित भएका हुन् ।

राजभण्डारीले १० हजार १२८ र बस्नेतले ६ हजार ८ सय १५ मत ल्याएका छन् । यी दुई बीच ३ हजार ३ सय १३ मतान्तर छ । २०७४ सालको निर्वाचनमा पनि राजभण्डारी निर्वाचित भएका थिए । उनले नेकपा एमाले प्रदेश १ संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी निर्बाह गरेका थिए ।

प्रमुख सचेतक बनेका राजभण्डारीलाई गठबन्धनका साझा उम्मेदवारसँग जित्न चुनौती थियो । सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा क को मतगणना जारी रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #वुद्धिकुमार राजभण्डारी, #सोलुखुम्बु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545