Techie IT
आईतबार, वैशाख ७,२०८२

कुलेखानीमा जिप दुर्घटना, एकको मृत्यु, ६ जना घाइते


कुलेखानीमा जिप दुर्घटनास् एकको मृत्यु, ६ जना घाइते

काठमाडौं । हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डको इन्द्रसरोबर गाउँपालिका(२ सल्लेरी खोल्चामा बुधबार दिउँसो २ः४५ बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना१ज ४४४६ नं को सुमो जिप ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमा एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय भीमफेदीले दिएको जानकारीअनुसार चालकसहित सात जना यात्रा गरेकामा घाइते ६ जनाको उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएको र गम्भीर पाँचको थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

सुमो चालकको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##जिप दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545