एसपी नवराजले निर्मला काण्ड हुनबाट बचाए, बलात्कारपछि हत्यामा संलग्न दुई जना ७२ घण्टा नबित्दै पक्राउ

चितवन । चितवन प्रहरीले अन्दाजी ५५/६० बर्षकी एक महिलाको बलात्कारपछि हत्या गर्ने दुई जनालाइ पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार जबरजस्ती करणी गरी कर्तव्य गरेर हत्या गरेको आरोपमा प्रहरीले गोरखा सिरानचोक गाउँपालिका वडा नंम्बर २ घर भई हाल भरतपुर महानगरपालिका वडा नंम्बर २ तिनखोलेस्थित बस्ने २३ बर्षीया सन्दिप गुरुङ र सोही स्थान बस्ने बिजय परियारलाई पक्राउ गरेको हो ।
मंसिर ४ गते बिहान ६ बजेको समयमा भरतपुर महानगरपालिका वडा नंम्बर २ दुर्गा मन्दिरचोकस्थित प्रतिक्षालय पछाडी कम्पाउण्ड सहितको हाट बजार लाग्ने खाली चौरमा एक महिलालाई जवरजस्ती करणी गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । शव फेला परेको खबर पाए संगै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले सुक्ष्म ढंगले अनुसन्धान अगाडि बढाएको बताउँछन् । घट्नाको सूचना पाए लगत्तै कर्तव्य ज्यान सम्बन्धि कसुरको अनुसन्धान गर्दै जाने क्रममा हामीले दुई जनालाई पक्राउ गर्न भएका हौँ ।
अधिकारीले भने, घटनास्थल वरपरका स्थानीय मानिसहरुसँग बुझी सो स्थान वरपर जडान भएको सिसिटिभी फुटेजहरुको समेत विश्लेषण गर्ने लगायतको अनुसन्धान कार्यबाट उनीहरुको संलग्नता रहेको पाइएपछि खोजतलास एवं पहिचान गर्ने क्रममा परियार र गुरुङलाई नियन्त्रणमा लिइएको बताए । सुरुमा हामीले गुरुङलाई मात्रै पक्राउ गरेका थियौं ।
उनलेे भने, गुरुङलाई नियन्त्रणमा लिइ सोधपुछ गर्ने क्रममा घटनामा थप एक जना पक्राउ परेको हो । गुरुङले सोही स्थानमा बसोबास गर्ने बिजय परियार नाम गरेको व्यक्ति समेतको मिलोमतो रहेको बताएपछि प्रहरीले उनलाई समेत भरतपुर २ क्षेत्रपुरमा रहेको रामेश्वर मन्दिर एरियाबाट पक्राउ गरिएको उनको भनाइ छ ।
महिलाको करणी गरी ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरी घटनास्थल नजिक रहेको ठुलो गुम्बाको कम्पाउण्ड एरिया भित्र झाडीमा शव फालेको थियो । पक्राउ परेका उनीहरुको साथबाट वारदातको समयमा प्रयोग गरिएको भनिएको कण्डम र ढुंगा प्रहरीले बरामद गरेको छ भने, घट्नामा आफ्नो संलग्नता रहेको भनी स्वीकार समेत गरिसकेकोले अनुसन्धान कार्य लाइ सम्पन्न गरी सम्मानित चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको समेत प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।
चुनावका समयमा एकाबिहानै महिलालाई करणी गरी हत्याको घट्नाले हामीलाई अत्यन्तै ठूलो चुनौती थियो, एसपी अधिकारीले भने । तत्पश्चात पनि प्रहरीको टोलीले आरोपितलाई पक्राउ गरेर कानुनी कठघरामा उभ्याउन सफल भएको छ । नेपाल प्रहरीप्रति यो घटनाको पनि सफल अनुसन्धान हुनेमा ठूलो अपेक्षा देख्न सकिन्थ्यो’, एक प्रहरी अधिकृतले भने । ‘त्यसले गर्दा पनि चितवन प्रहरीलाई ठूलो चुनौती थियो’ । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यापछि बलात्कार पछि हत्या भएको घटनाले अझै टुंगो नपाइरहेको अवस्थामा चितवन प्रहरीले भने अनुसन्धानमा कुनै कसुर बाँकी नराखी संलग्न दोषीलाई ७२ घण्टा नबित्दै पक्राउ गरेर काम फत्ते गर्न सफल भएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्