प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा कांग्रेस अगाडि, कुन दल कुन स्थानमा ?

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । कांग्रेसले अहिलेसम्म प्रतिनिधिसभातर्फ १३ क्षेत्रमा विजयी हासिल गरेको भने प्रदेशसभातर्फ क्षेत्रमा निर्वाचित भएको छ ।
मंसिर ४ गते सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा कांग्रेसले प्रतिनिधिसभातर्फ ४० क्षेत्रमा अग्रता लिइरहेको छ । यस्तै, प्रदेशसभा सदस्यतर्फ १८ क्षेत्रमा विजयी भइसकेको छ भने ६१ क्षेत्रमा कांग्रेसले अग्रता लिइरहेको छ ।
यस्तै, नेकपा एमाले अहिलेसम्म दोस्रो स्थानमा छ । एमालेले प्रतिनिधिसभातर्फ ५ क्षेत्रमा निर्वाचित भएको छ भने ४१ क्षेत्रमा अग्रता लिइरहेको छ । प्रदेशसभातर्फ एमालेले अहिलेसम्म ६ क्षेत्रमा विजयी हासिल गरेको छ भने ७२ क्षेत्रमा अग्रता लिइरहेको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फ तीन क्षेत्रमा विजयी भएको छ भने ५ क्षेत्रमा अगाडि छ ।
यसैगरी नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ २ क्षेत्रमा जित हासिल गरेको छ भने १५ क्षेत्रमा अग्रता लिइरहेको छ । यस्तै, प्रदेशसभातर्फ माओवादीे ८ क्षेत्रमा विजयी भएको छ भने ३३ क्षेत्रमा अग्रता लिइरहेको छ ।
यस्तै, अहिलेसम्म नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फ एक क्षेत्रमा जित हासिल गरेको छ भने ७ क्षेत्रमा अग्रता लिइरहेको छ । एकीकृत समाजवादी प्रदेशसभातर्फ दुई क्षेत्रमा विजयी भएको छ भने ११ स्थानम अगाडि रहेको छ ।
यस्तै, अहिलेसम्म राप्रपाले प्रतिनिधिसभातर्फ एक क्षेत्रमा जित हासिल गरेको छ । एक प्रदेशसभा सदस्य निर्वाचित भएको छ भने तीन क्षेत्रमा अग्रता लिइरहेको छ ।
यस्तै, समानुपातितर्फ भने एमाले अगाडि छ । यो समाचार तयार पार्दासम्म समानुपातिकमा एमालेले २ लाख ३७ हजार ८४४ मत पाएको छ । यस्तै, नेपाली कांग्रेसले २ लाख १५ हजार ६ मत पाएको छ भने नेकपा माओवादीले ९८ हजार ८४३, राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ९ हजार ५१३, राप्रपाले ६५ हजार ३३०, एकीकृत समाजवादीले १३ हजार ३०३ मत पाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्