Techie IT
शनिबार, वैशाख ६,२०८२

काठमाडौं-६: राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर विजयी, भिमसेनदास प्रधान तेस्रो


काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र नेपाली कांग्रेसका उम्मेदवार भिमसेनदास प्रधानलाई पराजित गरेका हुन् । नेपाल प्रहरीका पूर्व आईजीपीसमेत रहेका खनाल र पूर्व रक्षमन्त्रीसमेत रहेका प्रधानलाई उनले पराजित गरेका हुन् ।

विजयी भएका खनालले निकट्तम प्रतिस्पर्धी एमालेका खनाललाई ५ हजार बढी मतान्तरले पराजित गरेका हुन् । शिशिरले १४ हजार २ सय ४ मत ल्याए भने एमालेका उम्मेदवार खनालले ९ हजार ९ सय ११ मत ल्याए ।

तेस्रोमा रहेका कांग्रेसका उम्मेदवार प्रधानले ८ हजार ८ सय ५ मत ल्याए । शिशिरको यो जितसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले चार सीट जित्न सफल भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शिशिर खनाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545