Techie IT
शनिबार, वैशाख ६,२०८२

पृथ्वीसुब्बा ३०८ मतले अगाडि, मतान्तर घटाउदै देव गुरुङ


 

काठमाडौं। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीचकाे मतान्तर घटेकाे छ ।

क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिँदा देवभन्दा पृथ्वीसुब्बा ३ सय ८ मतले अगाडि छन् ।

पृथ्वीसुब्बाले २२ हजार ४३८र देवप्रसादले २२ हजार १३० मत पाएका छन् ।

कूल ८० हजार ९ सय १७ मत खसेकोमा ५३ हजार ५ सय १२ मत गणना भइसकेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #देवप्रसाद गुरुङ, #पृथ्वीसुब्बा गुरुङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545