Techie IT
आईतबार, वैशाख ७,२०८२

रौतहट -१ मा माधवकुमार नेपाल ४ हजार मतसहित अग्रस्थानमा


रौतहट ।  निर्वाचनको पछिल्लो मतगणना परिणामअनुसार रौतहट प्रतिनिधि सभा क्षेत्र न १ बाट माधवकुमार नेपाल ४ हजार ६३० मतले अगाडि रहनु भएको छ ।

मतगणनाको पछिल्लो परिणामअनुसार अध्यक्ष नेपालले १९ हजार ७७० मत प्राप्त गरी अग्र स्थानमा रहनु भएको हो । नेकपा एमालेका उम्मेदवार अजय कुमार गुप्ताले १५ हजार १४० मत प्राप्त गरी दोस्रो स्थानमा रहनु भएको जिल्ला निर्वाचन कार्यालय, रौतहटले जनाएको छ ।

रौतहट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाल मतगणना सुरुसँगै अहिलेसम्म अग्रता कायम राख्नुभएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले बताउनुभयो ।

यस्तै, रौतहट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार किरण साह र क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह र क्षेत्र नं.४ मा नेपाली कांग्रेसका उम्मेदवार देव तिम्लिसिनाले अग्रता लिनुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #माधवकुमार नेपाल, #रौतहट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mist
5:32 am6:32 pm +0545