सिन्धुली २ (क)मा काँग्रेस र २ (ख)मा माओवादी विजयी

सिन्धुली । सिन्धुलीको क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन (क) र (ख) मा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी बनेका छन् ।
गठबन्धनबाट प्रदेशसभा (क) मा नेपाली कांग्रेसका उमेदवार छेत्रबहादुर बम्जनले १६ हजार ८३५ मत र प्रदेशसभा (ख) मा नेकपा (माओवादी केन्द्र) का गंगानारायण श्रेष्ठले १३ हजार एक मत प्राप्त गरी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार प्रदेशसभा (क) मा निर्वचित बम्जनले निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उमेदवार बिनोदकुमार खड्कालाई पाँच हजार १५४ फराकिलो मतको अन्तरले पराजित गर्नुभयाे । एमालेका खड्काले ११ हजार ६८१ प्राप्त गर्नुभयाे ।
राप्रपाका राजेशविक्रम बस्नेतले एक हजार ८०८ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । मजदुर किसान पार्टीका संगिता दुवालले १३५ र मंगोल नेशनल अर्गनाईजेशनका वोजनकुमार बलले २१६ मत प्राप्त गर्नुभयाे।
पराजित खड्का २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । बम्जन २०७४ कोे निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेससभा (ख) मा माओवादी केन्द्रका वुद्धिमान माझीसँग पराजित भएका थिए ।
त्यस्तै, प्रदेशसभा (ख) मा निर्वचित श्रेष्ठले निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उमेदवार रामकुमार पौडेललाई तीन हजार २१२ मतको अन्तरले पराजित गरेका छन् । एमालेका पौडेलले नौ हजार ७८९ मत प्राप्त गर्नुभयाे । राप्रपाका टलकबहादुर कार्कीले १७७ मत, मजदुर किसान पाटीका लक्ष्मण ग्वाछाले ३१ मत, मंगोल नेशनल अर्गनाईजेशनका तुलसी राईले २५१ मत र जनसमाजवादी पार्टी नेपालका हेमन्त पुलामीले ७१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयाे ।
क्याटेगोरी : समाचार
ट्याग : #सिन्धुली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्