Techie IT
शनिबार, वैशाख ६,२०८२

निर्वाचन भएको चार दिनपछि मुगुको मतगणना सुरु


काठमाडौं। प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ ।

भौगोलिक विकटताका कारण तीनसम्म मतपेटिका सङ्कलन समय लागेकाले मतगणना कार्य ढिलो सुरु भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

“मुगुमा चार स्थानीय तह मात्र भए पनि छायाँनाथ रारा नगरपालिकाको मतपेटिकामात्र समयमै सङ्कलन भयो”, उनले भने, “मुगुको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाको भौगोलिक विकटताका कारण दुई दिन लगाएर मतपेटिका सदरमुकाम पु¥याइएको थियो ।”

प्रमुख जिल्ला अधिकारी महतले आज बसेको सर्वदलीय बैठकबाट राजनीतिक सहमति जुटाएर बिहान ८ः३० बजेदेखि मतगणना सुरु भएको बताए ।

उनकाअनुसार मुगुमा ३४ हजार नौ सय ६२ मतमध्ये २६ हजार ६ सय १५ (७४.४९ प्रतिशत) मत खसेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन, #मुगु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545