Techie IT
आईतबार, वैशाख ७,२०८२

समानुपातिकतर्फ एमाले २ लाख १० हजार बढी मतसहित शिर्ष स्थानमा


काठमाडौं । जारी मतगणनाको समानुपातिकतर्फ नेकपा एमालेले २ लाख १० मत कटाएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ २ लाख १० हजार ३८३ मतसहित एमाले शिर्ष स्थानमा रहेको छ ।

आयोगका अनुसार नेपाली कांग्रेस १ लाख ८७ हजार २७५ मतसहित दोस्रो स्थानमा र राष्ट्रिय स्वतन्त्र पार्टी ९७ हजार ७०५ मतसहित तेस्रो स्थानमा रहेको छ ।

नेकपा माओवादी केन्द्र ८६ हजार ९६३ मतसहित चौथो स्थानमा रहेको छ भने राप्रपा ५० हजार ३४५ मतसहित पाँचौ स्थानमा रहेको छ ।

यसैगरी, जनता समाजवादी पार्टीले १५ हजार ९८८, जनमत पार्टीले १५ हजार ६६१, नेपाल मजदुर किसान पार्टीले १२ हजार ८३४ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीले ११ हजार २८५ मत ल्याउँदै नवौं स्थानमा रहेको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले ९ हजार ८२० मत ल्याउँदा अन्य पार्टीहरुको ४४ हजार ४२७ मत रहेको आयोगको तथ्याङ्क छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545