Techie IT
बिहीबार, माघ ३,२०८१

तनहुँ  २ (१) मा एमालेका श्यामराजा महत विजयी


पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशसभामा दोस्रो सिट जितेको छ । एमालेबाट तनहुँ   २ (१) मा उम्मेदवार बनेका श्यामराजा महतले चुनाव जितेका हुन् । यसअघि नेकपा एमालेबाट कास्की २ ९१० मा भीमबहादुर कार्कीले चुनाव जितेका थिए ।

महतले करिब २ हजारको मतान्तरले माओवादी केन्द्रका उम्मेदवार राजेन्द्रकेशरी न्यौपानेलाई हराएका हुन् । महतले १५ हजार ६४३ मत पाउँदा गठबन्धनका साझा उम्मेदवार रहेका न्यौपानेले १३ हजार ८८१ मत पाए ।

नेकपा एमालेले हालसम्म प्रदेशसभामा दुई सिट मात्र जितेको छ । उता नेपाली कांग्रेसले भने ९ सिट जितिसकेको छ । एक÷एक सिट माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले जितेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : ##गण्डकी प्रदेश, #नेकपा एमाले, #श्यामराजा महत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
11°
Partly Cloudy
6:54 am5:32 pm +0545