शेरबहादुर देउवा सातौं पटक प्रतिनिधिसभा सदस्यमा विजयी

काठमाडौँ। प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौँ पटक संसदमा निर्वाचित हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न भएको सङ्घीय चुनावमा प्रतिनिधिसभातर्फ डडेलधुराबाट प्रधानमन्त्री देउवा २५ हजार ५३४ मतसहित विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र सागर ढकालले १३ हजार ४२ मत ल्याउनुभएको छ । नेपाली कांग्रेस ९बीपी०का कर्णबहादुर मल्लले सात हजार ५३५ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले मतगणना सकिएको र औपचारिक घोषणा गर्न मात्र बाँकी रहेको जानकारी दिनुभएको छ । गणना भएको ५१ हजार २०३ मतमध्ये तीन हजार १८७ मत बदर भएको छ ।
प्रधानमन्त्री देउवाको संसद यात्रा
पहिलो पटक २०४८ सालमा नेपाली काँग्रेस पार्टीबाट उम्मेदवार बन्नु भएका देउवा विजयी भएपछि त्यसयताका ६ वटै निर्वाचनमा विजयी हुनुभएको छ । यस पटक सातौँ पटक उहाँ विजयी हुनुभएको हो ।
देशको पाँच पटक प्राधनमन्त्रीसमेत भएर इतिहांस बनाउनु भएका देउवा नयाँ संविधानको कार्यान्वयनका लागि तीन तहको निर्वाचन दुई पटक गराउन सफल हुनुभएको छ ।
देउवा २०४८ सालमा २४ हजार ५७० मत प्राप्त गरेर पहिलो पटक डडेलधुराबाट निर्वाचित हुनुभएको थियो । देउवाले २०५१ मा २० हजार ७०१ मत प्राप्त गरेर विजयी हुनुभएको थियो । २०५६ सालमा २६ हजार ६५१ मतसहित विजयी हुनुभयो भने २०६४ सालको निर्वाचनमा देउवाले २० हजार ५२९ मत प्राप्त गर्नुभयो ।
२०७० सालको निर्वाचनमा देउवा २३ हजार ९२० मतसहित विजयी हुनुभएको थियो । पछिल्लो निर्वाचन २०७४ मा देउवाले २८ हजार ४४६ मत पाउनुभएको थियो ।
एक मात्रै प्रतिनिधिसभा क्षेत्र रहेको डडेलधुरामा यस पटकको निर्वाचनमा सत्ता गठबन्धन दलहरुबाट देउवा उम्मेदवार बन्नुभएको हो । यो ऐतिहासिक विजयले देउवालाई फेरि देशको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #शेरबहादुर देउवा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्