नुवाकोटको क्षेत्र-१ मा एमाले र क्षेत्र-२ मा गठबन्धनको अग्रता

नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका उम्मेदवार र क्षेत्र २ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् ।
जारी रहेको मतगणनाअन्तर्गत आज अपरान्हसम्म क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ सात हजार पाँच सय ७० मतगणना हुँदा एमालेका उम्मेदवार बद्री मैनालीले तीन हजार ९३ मत ल्याउनुभएको छ भने नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले तीन हजार ६६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा प्रद्युम्न महतले आठ सय ९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्षेत्र नं १ को प्रदेश–२ तर्फ तीन हजार एक सय ९० मत गणना हुँदा एमालेका पूर्णलाल श्रेष्ठले एक हजार तीन सय १५ मत ल्याएर अग्रता कायमै राख्नुभएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महतले एक हजार दुई सय ६१ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापाले तीन सय ३४ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवारको अग्रता कायमै
निर्वाचन क्षेत्र नं २ र उक्त क्षेत्रको प्रदेश १ मा जारी रहेको मतगणनामा सत्तारूढ पाँचदलीय गठबन्धनका साझा उम्मेदवारले अग्रता कायम राखेका छन् ।
प्रतिनिधिसभातर्फ पाँच हजार छ सय ८२ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले दुई हजार नौ सय ९६ मत, नेकपा (एमाले) का उम्मेदवार नारायणप्रसाद खतिवडाले एक हजार चार सय एक मत र राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार सुमनविक्रम पाण्डेले नौ सय ८५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त क्षेत्रको प्रदेश–१ तर्फ छ हजार सात सय २२ मतगणना हुँदा माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुङ्गानाले तीन हजार पाँच सय ५२ मत ल्याएर अग्रता कायम राख्नुभएको छ । एमालेका उम्मेदवार केशवराज पाण्डेको एक हजार नौ सय १३ मत र उम्मेदवारी निष्क्रिय बनाए पनि कांग्रेसका गीता अमात्यको सात सय ६५ मत प्राप्त भएको छ । जारी रहेको मतगणना निरन्त
क्याटेगोरी : समाचार
ट्याग : #नुवाकोट, #प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्