चितवन – २ मा रवि लामिछानेको अग्रता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन २ मा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्रता लिएका छन् । इच्छाकामना पालिकाको मतगणना सकिएर कालिका नगरकालिकामा प्रवेश गरेसँगै रविको मत ह्वात्तै बढेको छ ।
रास्वपाका प्रवक्ता डा।मुकुल ढकालका अनुसार दिउँसो २ः२५ सम्मको अपडेटमा रविले ४ हजार ७ मत प्राप्त गरेका छन् । एमालेका कृष्णभक्त पोखरेल दोस्रो स्थानमा झरेका छन् । उनको मत ३ हजार ८ सय ७९ छ । यसैगरि कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४ सय १० मत ल्याएका छन् ।
ढकालले अहिले जारी मतगणनामा घन्टीलाई अत्यधिक मत आइरहेको बताए । अब रविले प्रतिस्पर्धीहरुसँग दुरी बढाउँदै विशाल अन्तरालले चुनाव जित्ने उनको भनाइ छ । अहिले कालिका नगरपालिकाको १ र २ को मतगणना भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रवि लामिछाने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्