Techie IT
आईतबार, वैशाख ७,२०८२

काभ्रे-२ मा गोकुल बाँस्कोटा गठबन्धनका उम्मेदवार भन्दा १३ सय बढी मतले पछाडि


काठमाडौं। काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार अगाडि लागिरहेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईँले एमालेका उम्मेदवार गोकुल बास्कोटालाई १३ सय बढी मतले पछाडि पारेका हुन् ।

पछिल्लो प्राप्त मतपरिणामअनुसार कांग्रेसका हुमागाईँले ५ हजार ३ सय ८६ मत पाएका छन् भने एमालेका बास्कोटाले ४ हजार ६ मत पाएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईँले ९ सय ५१ मत ल्याएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गोकुल बाँस्कोटा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545