Techie IT
शुक्रबार, चैत्र २८,२०८१

मतदान केन्द्र वरिपरि दल र उम्मेदवारको पहिचान देखिने पोशाक लगाउन रोक


काठमाडौं। मंसिर ४ गते मतदानको दिन मतदान केन्द्रको वरिपरि कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने खालका पोशाक लगाउन नपाइने भएको छ । बिहीबार बसेको केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकको यस्तो निर्णय गरेको हो ।

कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने खालका एकै रङ वा किसिमका साङ्केतिक अर्थ जनिने पोशाक, लोगो, ब्याज, झण्डा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी, क्याप, भेष्ट, मास्क, झोला, स्टीकर लगायतका पहिरन र चीज वस्तु लगाएमा, प्रयोग गरेमा, देखाएमा र प्रदर्शन गरेमा तत्काल जफत गर्न समितिले सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:41 am6:27 pm +0545