Techie IT
सोमबार, वैशाख ८,२०८२

हेटौंडामा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा ‘डिस्पोज’


मकवानपुर। मकवानपुरको हेटौंडा-१० राप्तीपुल नजिकै फेला शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।

गएराती अन्दाजी १० बजेको समयमा प्रेसर कुकरसहित फेला परेको शंकास्पद वस्तुलाई सेनाले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले फेला परेको शंकास्पद वस्तुमा कुनै पनि विस्फोटक पदार्थ नरहेको जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

४ मंसिर आइतबार हुने आम निर्वाचन नजिकिँदै गर्दा शंकास्पद वस्तु देखा परेपछि सो क्षेत्रका स्थानीय त्रसित भएका थिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #शंकास्पद वस्तु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:31 am6:33 pm +0545