रियलस्टेटका माफियासँग झाँकीले करोडौँ कुम्ल्याइन्
काठमाडौँ । तत्कालीन शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको कार्यकालमा मन्त्रालयले रियलस्टेटका माफियाको पक्षमा नीतिगत निर्णय गरी भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड संशोधन गरेको सार्वजनिक भएको छ । भवन निर्माण कानूनमा गरेको नीतिगत अनियमिततामा मन्त्री झाँक्रीले करोडौँ रुपियाँको भ्रष्टाचार गरेको मन्त्रालय स्रोतले बताएको छ ।
भवन निर्माणसम्बन्धी आधारभूत मापदण्डमा झाँक्रीले संशोधन गर्नुअघि एक चौथाई जग्गा छोडेर बढीमा तीन चौथाईमा मात्र आवासीय भवन बनाउन पाइन्थ्यो । एक चौथाई जग्गा खुल्ला राख्नुपर्नेमा अब ७ देखि १२ प्रतिशत मात्र खुल्ला जग्गा छोडेर भवन बनाउन पाउने मापदण्ड बनाएकी छन् । त्यसको साथै, जग्गाको क्षेत्रफलअनुसार आवासीय भवनको उचाइको मापदण्डलाई समेत माफियाकै हितमा हुने गरी लचिलो बनाइएको छ । १२ तले आवासीय भवन बनाउन पाइने पुरानो मापदण्ड संशोधन गरी सोही क्षेत्रफलको जग्गामा १६ तले भवन बनाउन पाइने सुविधा थपिएको छ । सहरको सौन्दयतामा नकरात्मक असर पार्ने भए पनि क्षमादेवी ग्रुपलगायतका रियल स्टेट कम्पनीसँगको मिलोमतोमा आफ्नो कार्यकालमा मन्त्री झाँकीले यस्तो निर्णय गरेकी थिइन । बस्ती विकास शहरी तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण (दोस्रो संशोधन) मापदण्ड २०७८ चैत महिनामा पेश भई यसै वर्षको जेष्ठ १६ गतेको राजपत्रमा प्रकाशित गरिएको थियो ।
भवनको पुरानो मापदण्डलाई परिवर्तन गरी नयाँ मापदण्ड बनाउन हाउजिंग कम्पनीका मालिकहरुलाई खुशी पारेर तत्कालीन मन्त्री झाँक्रीले मोटो रकम असुलेको अनियमितता शहरी विकास मन्त्रायलयभित्र भवन काण्ड को रुपमा चर्चित रहेको छ । मन्त्री पदमा नियुक्त भएको केही दिनमा नै झाँक्रीले आफ्नो मातहातका कर्मचारीको सरुवा गरेपछि विवादमा तानिएकी थिइन् । विवाद मथ्थर पार्न उनले जबरजस्ती सचिव रमेशप्रसाद सिंहलाई पनि सरुवा गरिन् । त्यसपछि झाँक्रीले आफ्नै जेठाजु लेखाका उपसचिव जीवनराम पुरीलाई पनि आफ्नै मन्त्रालय सरुवा गराइन् । उपसचिव पुरीको योजनाअनुरुप सचिव सिंहलाई आफू अनुकूलको निर्णय गराउने सहमतिमा पुनः सहरी विकासमै ल्याइएको थियो । हटाइएका सचिव सिंह रियल स्टेटका मालिकहरुसँगको सेटिगमा १ सय ८ दिनपछि पुनः सहरी विकास मन्त्रालयमा हाजिर भएका थिए ।
झाँकी र देवर विवादमा तानिएपछि एक महिनामै उपसचिव पुरीलाई मन्त्रालयबाट सर्लाही सुरुवा गरिएको थियो । मन्त्री झाँक्रीका श्रीमान् पशुपति पुरी भौतिक योजना मन्त्रालयका उपसचिव रहे पनि शहरी विकास मन्त्रालयसँग सम्बन्धित परियोजनाहरुमा व्यस्त हुने गरेका थिए । उनी त्यसअघि दोलाखा र भक्तपुरका जिल्ला समन्वय समितिको प्रमुख भएका थिए । प्रमुख हुँदादेखि नै उनी पटक पटक विवादमा तानिएका थिए । झाँक्रीले मन्त्री हुँदा नै परिवारका अन्य सदस्यलाई पनि माथिल्लो तहमा जिम्मेवारी दिने काम गरेकी थिइन । उनले देवर युवराज पुरी नायव शुब्बा भए पनि अधिकृतले सम्हाल्दै आएको जिन्सी शाखाको प्रमुख बनाएकी थिइन् ।
मन्त्री झाँक्रीले नौ महिनाको कार्यकालमा आफूअनुकूलका निर्णय गरी फाइदा लिनेबाहेक उल्लेखनीय कुनै काम नगरेको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रामकुमारी झाँक्री, #रियलस्टेटका माफियासँग झाँकीले करोडौँ कुम्ल्याइन्
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्