हिंसात्मक बाटोमा विप्लव, आपराधिक समूहविरुद्ध आक्रामक हुने प्रहरीको भनाई

काठमाडौँ । शान्तिपूर्ण राजनीतिमा आएको घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ समूह फेरि हिंसात्मक गतिविधिमा सक्रिय भएको छ । बुधबार ९हिजो० देशका दुई स्थानमा भएका विस्फोट र एक स्थानमा भएको तोडफोडमा विप्लव समूहको संलग्नता भेटिएको हो ।
विप्लव समूहले यही मंसिर ४ गते हुने निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको थियो । निर्वाचनलाई प्रभावित पार्न सो समूहले हिंसात्मक बाटो समातेको हो ।
बुधबार भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभास्थलनजिकै बम विस्फोट भएको थियो । पौवादुङमा गाउँपालिका–२, तिवारी भन्ज्याङमा हुन लागेको कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्ककमल दाहाल ‘प्रचण्ड’ समेत सहभागी हुने तय थियो । विस्फोटमा एक जना घाइते भएका थिए ।
यस्तै, बुधवारै चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेका नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठको गाडी तोडफोड गरिएको थियो ।
बुधवारै चितवनको भरतपुरमा बिहान पार्किङमा राखिएको बा३च २०५० नम्बरको गाडीमा तोडफोड भएको प्रहरीले जनाएको छ । चितवन प्रहरीले घटना विप्लव समूहबाट भएको दाबी गरेको छ ।
बुधवारै साँझ बाँकेको नेपालगन्ज उपमहानगरपालिका९१०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा बम विस्फोट भएको थियो । बम बनाउँदै गर्दा भएको विस्फोटमा परी विप्लव समूहकै दुई कार्यकर्ता घाइते भएका थिए ।
प्रहरी टोली घटनास्थल पुग्दा प्रेसरकुकर बम विस्फोट भएको थियो । प्रहरीले घटनास्थलबाट विप्लव समूहका केही दस्ताबेज समेत बरामद गरेको छ ।
विस्फोट र हिंसात्मक घटना बढेपछि सुरक्षा सतर्कता बढाइएको र घटनामा संलग्नलाई कानुनको दायरामा ल्याउन निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल बताउँछन् ।
प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले विस्फोटलगायत घटनाले गम्भीर बनाएको बताए । उनले अपराधमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने उल्लेख गरे ।
अब आपराधिक समूहविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने डिआइजी राईको भनाई छ । विधान र कानुनविपरीतका गतिविधि नसहने भन्दै डिआइजी राईले मातहतका सबै कार्यालयलाई आवश्यक निर्देशन दिएको बताए ।
०७७ फागुनमा विप्लव समूहले हिंसा छाडेको घोषणा गरेको थियो । सो समूहले सरकारसँग विभिन्न तीनबुँदे सहमति गरेको थियो । शान्तिपूर्ण राजनीतिमा आएको बताइए विप्लव समूहले सरकारलाई हतियार बुझाएको थिएन ।
क्याटेगोरी : समाचार
ट्याग : #नेत्रविक्रम चन्द, #विप्लव
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्