काठमाडौं क्षेत्र नं ५ मा एमालेको शानदार जित हुन्छः ईश्वर पोखरेल

सीता पौडेल ( अर्चना) काठमाडौं । नेकपा एमालेका विरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५को प्रतिनिधि सभा सदस्यका उम्मेदवार ईश्वर पोख्रेलले क्षेत्र नम्बर ५मा एमालेको जित सुनिश्चिित भएको दावी गर्नु भएको छ।बिहिबार काठमाडौं महानगर अन्तर्गतको ५ नम्बर वडाको हाँडीगाउँ क्षेत्रको घरदैलोकै क्रममा पोखरेलले साझापानासँग भन्नु भयो, “नेकपा एमालेले शानदर ढंगले जित्छ,जनताको समर्थन,यहाँको हाम्रो पार्टीको संगठनात्मक स्थिति,हामीले विगतमा गरेका कामको आधारमा हामी यो क्षेत्रमा निर्वाचन जित्छौं,।”
२०७४को निर्वाचनमा पनि पोखरेल यहि क्षेत्रबाट भारि मतका साथ विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता डा। प्रकासशरण महतलाई हराउँदै पोखरेल झन्डै १० हजार मतान्तरले विजयी हुनु भएको थियो। अहिले यस क्ष्ोत्रमा बामगठबन्धन भएपनि यस क्षेत्रका बढी भन्दा बढी बासिन्दा आफ्नो पक्षमा भएको हुनाले आफ्नो मात्र नभएर एमालेका सबै उम्मेदवारको शान्दार जित हुने उहाँको भनाई छ।
काठमाडौं–५ अन्तर्गत काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६ र ७ वडाहरू पर्छन्। वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका वडाहरुका अध्यक्षका उम्मेदवारले पाएको एकीकृत मतमा एमाले अगाडि छ। एमाले एक्लैको १९ हजार ७३ मत छ। त्यस्तै, कांग्रेसको १४ हजार ८५३, माओवादी केन्द्रको १ हजार १६८, मत छ। भने अन्य दलको पनि यस क्षेत्रमा मत कमै छ । स्थानीय निर्वाचनमा खसेको मत अनुसार नै पार्टीगत मत खसेमा पोखरेलले गठबन्धनका उम्मेदवारले भन्दा बढी मत पाउन ुहुने छ ।
अर्कोतिर, उहाँको विपक्षमा बामगठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता प्रदिप पौडेल अन्य स्वतन्त्र उम्मेदवारहरु उत्रिए पनि विपक्षीकै मतलाई नै विभाजन गर्ने सम्भावना बढी छ । त्यसको फाइदा पनि पोखरेललाई नै पुग्ने देखिन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ईश्वर पोख्रेल, #नेकपा एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्