Techie IT
आईतबार, वैशाख ७,२०८२

चुनावमा प्रहरीलाई तटस्थ भएर काम गर्न महानिरीक्षकको निर्देशन


काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा तटस्थ भएर उच्च मनोबलका साथ खटिन निर्देशन दिएका छन् । प्रहरी कर्मचारीहरूले आफ्नो व्यावसायिकतालाई अक्षुण्ण राख्दै निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवं सुरक्षित तवरबाट भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न कटिवद्ध हुनुपर्ने उनको भनाई छ ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअलरुपमा भिडियो कन्फ्रेन्समार्फत् बुधबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले प्रदेश प्रहरी प्रमुख, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशकहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई निर्वाचन लक्षित निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताएका हुन् ।

निर्देशनको क्रममा प्रहरी महानिरीक्षक सिंहले निर्वाचनको सुरक्षा चुनौतीहरूलाई औंल्याई त्यसको निराकरण गर्ने उपायहरू अबलम्बन गर्दै अझ बढी सक्रिय भई निर्वाचन अनुकूल वातावरण बनाउने गरी काम गर्नुपर्ने बताए । सम्पूर्ण नेपाल प्रहरीका कर्मचारीहरूले व्यावसायिकतालाई बोलीमा मात्र नभई व्यवहारमा समेत सतप्रतिशत लागू गर्नुपर्नेमा उनको जोड छ । निर्वाचन नेपाल प्रहरीको परीक्षाको घडीको रूपमा रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीलाई अब्बल साबित गर्ने गरी काम गर्न कार्यालय प्रमुखहरूले आफ्ना मातहतमा खटिने प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन र आफ्नो जिम्मेवारी सम्बन्धी आवश्यक विफ्रिङ गर्न निर्देशन दिएका छन्


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #चुनावमा प्रहरीलाई तटस्थ भएर काम गर्न महानिरीक्षकको निर्देशन, #धिरजप्रताप सिंह, #प्रहरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545