पर्वतमा जिप दुर्घटना चालकको मृत्यु, ११ घाइते

पर्वत । पर्वतको जलजला गाउँपालिका–३ माइनडाँडामा बुधबार साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ११ जना घाइते भएका छन् । वारीबेनीदेखि मल्लाज जाँदै गरेको ग१ज ५२९६ नम्बरको जिप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई पोखरा रिफर गरिएको र आठ जनाको म्याग्दीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा परी जिपका चालक पर्वतको जलजला गाउँपालिका–२ का ३७ वर्षीय डम्मरबहादुर नेपालीको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए ।
गम्भीर घाइते भएका उमेर नखुलेकी सिर्जना परियार, वर्ष १५ का आशिस नेपाली र वर्ष ३० का सुमन नेपालीलाई पोखरा पठाइएको छ ।
घाइते सबैको बेनी अस्पतालमा उपचार भइरहेको छ । जिपमा सवार सबैजना जलजला गाउँपालिका–२ का बासिन्दा हुन् । जिप उकालो सडकबाट करिब एक सय ५० मिटर तल पाखोमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राउतले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : ##जिप दुर्घटना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्